दफा ३२
आरक्षण सम्बन्धी व्यवस्था
: (१) प्रतिष्ठानले प्रत्येक शैक्षिक सत्रमा भर्ना गर्ने कुल विद्यार्थी सङ्ख्याको दश प्रतिशतमा नघट्ने गरी सामुदायिक विद्यालयमा अध्ययन गरी प्रवेशिका उत्तीर्ण गरेका महिला, दलित, आदिवासी/जनजाति, अपाङ्गता भएका व्यक्ति, मधेशी तथा पिछडिएका क्षेत्रका विद्यार्थीको लागि आरक्षणको व्यवस्था गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम आरक्षण गरिएका स्थानमा प्रतिस्पर्धाद्वारा विद्यार्थी छनौट गरिनेछ।